आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल

काठमाडौ ,१ असोज ।
नजिकिदै गरेको चाड पर्वलाई लक्षित गर्दै आपूर्ति मन्त्रालयले आजदेखि उपत्यकाका विभिन्न स्थानमा ‘सुपथ मूल्यका बिक्री कक्ष’ सन्चालनमा ल्याएको छ ।

दशैं, तिहार, छठ जस्ता महत्वपुर्ण चाडमा उपभोक्तालाई सहज होस भन्ने उद्देश्यसहित नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्तरुपमा बिक्री कक्ष सन्चालनमा ल्याएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका १३ र बाहिरी जिल्लाका २५ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा बिक्री कक्ष राखिने खाद्य संस्थानले जनाएको छ । बिक्री कक्ष आगामी कात्तिक २१ गते छठसम्म सन्चालन हुनेछ ।

ती कक्षमा खाद्य संस्थानका चामल, गहुँ, सिमी, फापर लगायतका खाद्यन्न बिक्रीका लागि राखिने छ भने प्रत्येक सामानमा प्रतिकेजी रु पाँच छुट दिइने प्रवक्ता कार्कीले बताउनु भयो ।

महत्वपूर्ण चाडपर्वका समय ब्यापारीबाट मनोमानी मूल्य असुल गर्ने, कृतिम अभाव सृजना गर्ने, म्याद गुज्रिएका सामान बिक्रिवितरण गर्ने लगायत समस्या बर्षेनी दाहोरिएपछि सरकारले आफैं सुपथ मुल्य पसल सञ्चालन ल्याएको हो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...