गृहमन्त्रीले पक्राउ परेका मोर्चा कार्यकर्ता रिहाईबारे परामर्श गर्दै

काठमाडौ १ असोज ।
गृहमन्त्री गृहमन्त्री बिमलेन्द्र निधिले आज मधेस आन्दोलनका क्रममा मुद्दा लागेकाहरुलाई रिहाइ गर्ने बारे कानुनविद्हरुसंग परामर्श गर्दै हुनुहुन्छ ।

अपरान्ह ३ बजे सिहदरवारस्थित गृह मन्त्रालयमा हुने छलफलमा उपप्रधान एवं गृहमन्त्री निधिले मोर्चाको मागलाई कार्यान्वयन गर्ने कानुनी पाटोको बिषयमा राय सुझाव लिनुहुने बताइएको छ ।

मधेस आन्दोलनका क्रममा पक्राउ परेका र झुठो मुद्धा लगाइएका कार्यकर्तालाई रिहाई गर्नुपर्ने मोर्चाको मागमा सहमति जनाएको सरकारले त्यसको प्रक्रियावारे बुझ्न महान्याधिवक्तासहित कानुनविद्हरुलाई छलफलका लागि बोलाएको हो ।

छलफलमा महान्याधिवक्ता रमणकुमार श्रेष्ठसहित अन्य कानुन व्यवसायीहरुलाई समेत बोलाइएको छ । मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्धा लगाइएका कार्यकर्ताको नाम सरकारलाई बुझाइ सकेको छ ।

यसैबीच मोर्चाको सचिवालय बैठकले मधेस आन्दोलनका क्रममा अंगभंग भएका र शहिद घोषणा हुन नसकेकाहरुको नामलाई आज अन्तिम रुप दिने भएको छ ।

अपरान्ह ३ सदभावना पार्टीको कार्यालयमा बस्ने बैठकले त्यसवारे टुंगो लगाउने सदभावनाका महासचिव मनिष सुमनले बताउनुभयो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...