महिला संघमा पनि देउवा पक्ष हावी 

असोज १ काठमाण्डौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा संस्थापन पक्षकी उमा रेग्मी निर्वाचित हुनु भएको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार मीना पाण्डेलाई २ सय २ मतले पराजित गर्दै रेग्मी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
राती अवेरसम्म भएको निर्वाचनको आज बिहान सार्वजनिक मतगणनाको अन्तिम नजिताअनुसार, रेग्मीले ९ सय ९८ मत प्राप्त गर्नु भएको छ भने पाण्डेले ७ सय ९६ प्राप्त गर्नु भएको छ ।
अधिकांश पदमा संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् । महासचिवमा संस्थापन पक्षकै धना खतिवडा निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी गोमा केसीलाई १ सय ८१ मतले पछि पार्दै उहाँ विजयी हुनु भएको हो । खतिवडाले ९ सय ५८ मत प्राप्त गर्नुभएको छ भने केसीले ७ सय ७७ मत ल्याउनु भयो ।

यस्तै कुसुम थापा मगरलाई पछि पार्दै कोषाध्यक्षमा जानकी सिंह निर्वा्चित हुनुभयो ।
सिंहले ९ सय ११ र थापाले ८ सय ३ मत ल्याउनुभयो । खुल्ला तथा आरक्षित तर्फको अधिकांश केन्द्रीय सदस्यमा समेत संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...