लोकमानले लडाकु शिविरको अनियमितता छानविन गर्न राति पत्रकार सम्मेलन गर्नुको गंभीर रहस्य

भदौ ३१ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणसगै नेपालमा केही खतरनाक संकेतहरु देखा पर्न थालेका छन् ।
एक प्रधानमन्त्रीले दिल्लीमा नेपालमा संसदीय व्यवस्थाको विरोध गर्नु , दुई अख्तियारका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध नियुक्ति प्रकृया बदर गर्ने बारे सर्वोच्चले मुद्धा ब्युताउनु र तीन अख्तियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ईगो साध्ने गरी मुद्धा थालेको राति घोषणा गर्नु ।
उच्च स्रोतका अनुसार पहिला नियुक्ती हुदा प्रचण्डको ठूलो हात रहेका कारण लोकमान प्रचण्डले भनेका कुरा धेरै मान्ने गरेका थिए ।
त्यस्तै समझदारी अनुसार लोकमासिंह कार्कीलाई हटाउने तरीकाबाट सर्वोच्चले मुद्धा ब्युताउन थाले पछि कार्कीले प्रधानमन्त्री प्रचण्डलाई रोक्न विभिन्न च्यानल मार्फत ताकेता गरेको तर त्यसो नभए पछि उनले अब प्रधानमन्त्री विरुद्ध कदम चाल्न लडाकु शिविरको अनियमितताको विषय उठाएको देखिएको छ ।
कुनै आकस्मिक विषय बिना साझ सवा ७ बजे अख्तियारले किन पत्रकार सम्मेलन गर्नु पर्यो त यो बुझ्न सकिएन यो हाम्रो नेतृत्व र सरकार विरुद्धको कदम हो माओवादी केन्द्रका एक नेताले प्रतिकृया दिए ।
अख्तियारका प्रवक्ता गणेशराज कार्कीले कति पैसा घोटाला भएको हो भन्ने बारे एकीन नभएको बताए ।
त्यसै गरी को को संलग्न छन् भन्ने विषयमा केही बोलेनन् भने उनले त्यतिखेरका कमाण्डर भनेर प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपनि नन्द किशोर पुनः सहितलाई छानविनमा ल्याउने खालको निर्णय सुनाएका छन् ।
यो सुनियोजित तरीकाले आएको भन्दै यसको विरोधमा जाने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter