अरुलाई जगजगि बनाउने लोकमान , अहिले के गर्दैछन् ?

भदौ ३१ काठमाण्डौं । लोकमान सिंह कार्की आफैमा अहिले चर्चाको शिखरमै छन् । जो सुकैलाई पनि कार्बाही गर्ने भन्ने चेतावनी, छापा मार्ने , छानविन गर्ने कार्यले कतै खुसी पनि थियो त कतै आक्रोस पनि ।
यति सम्म कि डा. गोविन्द केसीलाई मानसिक श्वास्थ्य खराब भएको जस्तो विज्ञप्ति दिए पछि केही आलोचनाको शिकार बन्दै आएका छन् ।

barmuda-2
सरकारलाई झुकाउने गोविन्द केसीको अनसनले लोकमानलाई नछुएको तर्क समेत केही बुद्धीजीवीले गर्दै आएका थिए ।
अहिले आफू विरुद्ध सुनुवाई गर्न सर्वोच्चले नियुक्तिदेखिकै पुरै विवरण दिन आदेश दिए पछि लोकमान झस्किएको धेरैले महसुस गरेका छन् ।
यद्यपि सरकारले फायल हराएको भनेर प्रतिकृया दिए पछि सर्वोच्चले थप कडा प्रतिकृया दिएको छ ।

barmuda-3
सरकारलाई पुनः सात दिन भित्र सकल फाईल पेश नगरे गैर जिम्मेवार अभिव्यक्ति दिने अधिकारीलाई सरकारी सेवाका लागि अयोग्य भएको आदेश जारी गर्ने संभावना देखिए पछि सिंहदरबार भित्र प्रधानमन्त्री कार्यलय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु समेत आतंकित भएका छन् ।
लोकमान कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति दिदा राज प्रसाद सेवालाई लोक सेवा सरह मान्यता दिएको देखिएकोले यसबारे पुनः बहस हुने भएको हो ।
अन्तरीम सविधानले निजामति सेवामा २० वर्ष सेवा गरेको व्यक्तिलाई मात्र सवैंधानिक आयोगको प्रमुख बनाउन सक्ने प्रावधात राखेको थियो ।
सो अनुसार लोकमान सिंह कार्कीको १८ वर्ष मात्र पुरा भएको भन्दै सर्वोच्चमा परेको रिट खारेज भएको थियो ।

barmuda-4
तर प्रधानन्यायधीश शुसीला कार्की, न्यायधीश सपना प्रधान मल्ल र विश्वम्भर श्रेष्ठको सयुक्त ईजलासले उक्त मुद्धा पुनः बहस गराउने फैसला गरे पछि प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पद गुम्न सक्ने अनुमान गरिएको छ ।
साथै शाही सासन कालमा मुख्य सचिव हुदा सत्ता र शक्तिको दुरुपयोग गरी जनआन्दोलन २ मा दमन गरेकोले दोषी ठहर गरेको निष्कर्ष निकालेको रायमाझी आयोगको प्रतिवेदनलाई पनि सर्वोच्चले मान्यता दिएकाले लोकमान धरापमा पर्न लागेको तर्क गरिएको छ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया