नयाँ नेतृत्व चुन्न महिला संघमा मतदान जारी

काठमान्डौ ,भदौ ३१ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको राजधानीमा जारी तेस्रो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

मतदानका लागि ३५ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । बिहान साढे नौ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कारण देखाउदै करिब ३ घण्टा ढिला सुरु भएको थियो । मतदान सकिए लगत्तै कांग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

कुल ५३ सदस्यका लागि झन्डै डेढ सयजनाले उम्मेदवारी दिएका छन् । संघको सभापतिमा देउवा समूहबाट उमा रेग्मी र पौडेल समूहबाट मीना पाण्डेको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

महासचिवमा देउवा समूहबाट धना खतिवडा र पौडेल प्यालनबाट गोमा केसीले उम्मेदवारी दिनु भएको छ भने किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिनु भएको छ । कोषाध्यक्षमा पौडेल पक्षबाट कुसुमदेवी थापा र संस्थापन पक्षबाट जानकी सिंहको उम्मेदवारी परेको छ ।

संघको विधानमा खुला २२ जना, प्रत्येक प्रदेशबाट तीन÷तीन जना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एकजना सदस्यसहित ५३ जना सदस्य निर्वा्चित हुने प्रावधान छ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया