मुलुकमा सामन्तवादी संस्कृति र संस्कारको हावी भयो : विजुक्छे

भैरहवा, ३१ भदौ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले देशमा सामन्तवादी संस्कृति र संस्कारको हावी भएको भन्दै त्यसलाई चिर्न आफ्नो पार्टी तयार रहेको बताउनु भएको छ ।

रुपन्देहीको भैरहवामा आज लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै अध्यक्ष विजुक्छेले आफ्नो पार्टी र आफू जहिले पनि सामन्ती राष्ट्रवाद र संस्कारको विरोधी भएको बताउनु भयो ।

विभिन्न बाहनामा राष्ट्र र राष्ट्रिय हित विपरित विभिन्न शक्तिहरुले चलखेल गरिरहेका भन्दै उहाले त्यसविरुद्धसबै नेपाली एकजुट हुन जरुरी रहेको बताउनु भयो ।

सरकारका पछिल्ला कदमले नेपालको हरेक निर्णयमा बाह्य मुलुकको हात रहँदै आएको जनाउँदै विजुक्छेले नेपालका जुनसुकै प्रधानमन्त्री भारत भम्रणमा जाँदा पनि नेपाली जनता सशंकित हुने गरेको दावी गर्नुभयो ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter