प्रतिस्पर्धात्मक राजनीतिले अर्थतन्त्रको सुदृढ हुन्छ : अर्थमन्त्री महरा


काठमाडौँ, ३१ भदौ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उत्पादनशील उद्योगको प्रवद्र्धन, प्रोत्साहन तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै अर्थमन्त्री महराले स्वस्थ्य प्रतिस्पर्धात्मक राजनीतिले मात्रै अर्थतन्त्रको सुदृढ हुने बताउनु भयो ।

उहाले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन आर्थिक पत्रकारको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै मुलुकको अर्थतन्त्र नेपाल र नेपालीको हातमा ल्याउन अझै धेरै सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पत्रकारिता पेसा अमर्यादित र विकृतिमय बनेको कटाक्ष गर्दै आर्थिक पत्रकारिता सबल भए मात्र मुलुकको अर्थतन्त्र राम्रो हुने बताउनु भयो ।
उहाले पत्रकारितामा मौलाएको विकृति र ‘बार्गे्निङ’ गर्ने प्रवृत्तिको अन्त्य गर्न सेजनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले समाजलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा आएको भन्दै त्यसका लागि मर्या्दित पत्रकारिताको खाँचो औंल्याउनु भयो ।

साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन तथा सेजन कल्याण कोष सञ्चालन कार्य्विधि पारित गर्दै आर्थिक पत्रकार आचारसंहिता संशोधनसहित पारित गर्ने निर्णय गरेको छ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया