सक्कल कागजपत्र नपठाए अख्तियार प्रमुख कार्कीलाई कार्वाहि गरिने

काठमाडौं ,भाद्र ३१ ।
सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल कागजपत्र नपठाए न्याय प्रशासन ऐन बमोजिम कारबाही गर्ने फैसला गरेको छ ।

प्रधानन्यायाधीश सुशिला कार्की तथा न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको पुर्ण इजलाशले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल कागजपत्र ७ दिन भित्र झिकाउन आदेश पनि दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको रिटमा आज श्रेष्ठ र मल्लको पुर्ण इजलाशले पुनरावलोकनका लागि निस्सा हुने फैसला सुनाएको हो ।
कार्कीलाई नियुक्त गर्दाको फाइल सरकारले हरायो भन्ने जवाफ दिनु गैरजिम्मेवारीपुर्ण भएको भन्दै फाइल झिकाउन आदेशमा भनिएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले जानकारी दिनुभयो ।

सर्वोच्चले कार्कीको नियुक्ती कानुनसम्मत भएको भन्दै रिट निवेदन खारेज गरेपनि अधिवक्ता अर्यालले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

सो रिटको सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई कार्की अख्तियार प्रमुख नियुक्त गर्दाको समयको सक्कली फाइल झिकाउन आदेश दिएको थियो । तर, सरकारले कार्कीलाई नियुक्त गर्दाको फाइल हरायो भन्ने जवाफ सर्वोच्चलाई दिएको थियो ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter