नेपाल भारतबीच तीन बुँदे सम्झौतामा हस्ताक्षर

काठमाण्डौ ,३१ भदौ ।

नेपाल र भारतबीच हुलाकी राजमार्गको उस्तरोन्नति, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण दिने लगायत तीन बुँदे सम्झौता भएको छ । भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज भएको भेटमा दुई देशबीच हुलाकी राजमार्गको उस्तरोन्नति र सुधारका लागि परामर्श सेवा उपलब्ध गराउने, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण दिने र पुनर्निर्माणकै लागि ७५ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिने सहमति भएको जनाएको छ ।

सो क्रममा दुई देशबिच पञ्चेश्वर, गण्डक नहर, थप सीमा नाका खुलाउने लगायतका विषयमा छलफल भएपनि सम्झौता भने हुन सकेन । प्रधानमन्त्री मोदीसँगको भेटमा दाहालले सडक तथा उर्जा क्षेत्रमा भएका विगतका सहमति कार्यन्वयन लगायतका विषयमा जोड दिनु भएको स्रोतले जनाएको छ ।

दुई प्रधानमन्त्रीबीच भएको छलफल र सम्झौताका बारेमा संयुत्त रुपमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । दुबै देशका प्रतिनिधि सम्मिलित बैठक सकिएलगत्तै संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सबै पक्षको भावनालाई समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै मोदीले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताउनु भयो । उहाले अहिले प्रक्रियामा रहेका आयोजनाहरुलाई छिट्टो सम्पन्न गर्नसमेत आफू र दाहाल सहमत भएको जानकारी गराउनु भयो ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...