अज्ञात समुहद्धारा तीन ओटा सवारी साधनमा आगजनी

काठमाडौ ३१ भदौ ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र पार्किङमा राखेका दुइवटा मोटरसाइकल र एक स्कुटीमा आज विहान आगजानी भएको छ ।

प्रतिष्ठानको अडिटोरियम हलमासार्कस्तरीय प्याथोलोजिष्ट सम्मेलन र अर्को भवनमा राष्ट्रिय स्तरको बालरोग सम्बन्धी सम्मेलन सुरु हुन लागेको समयमा अज्ञात समुहले ति सवारी साधनमा आगजनी गरेको हो ।

आगजनी गरिएका सवारी साधन प्रतिष्ठानमै कार्यरत कर्मचारीका हुन । आवास क्षेत्रका पार्किङमा राखिएका अन्य २० भन्दा बढी मोटरसाइकलको पाइप काटेर तेल निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया