सत्तारुढ दल नै संविधान कार्यन्वयनको बाधक

काठमाडौ ३१ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सत्तामा रहेका प्रमुख दल नै संविधान कार्यान्वयनको बाधक बनेको आरोप लगाउनु भएको छ ।

नेपाल बुद्धिजीवि परिषदले महेन्द्रनगरमा आज आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै उहाँले सत्ता सांझेदार दल कंग्रेस र माओवादी नै संविधान कार्यान्वयनमा गम्भीर नबनेको आरोप लगाउनु भएको हो ।

मधेस केन्द्रित दलप्रति दक्षित गर्दैै नेता रावलले संविधान दिवसलाई कालोदिनका रुपमा मनाउनेहरु कै समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भईरहन नसुहाउने टिप्पणी समेत गर्नुभयो ।

मुलुकमा राजनीतिक नैतिकता नदेखिएकाले संविधान कार्यान्वयन जटील बन्दै गएको उहाँको भनाइ थियो ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...