प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमान्डौ ,भदौ ३१ ।
भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीमास्थित हैदरावाद हाउसमा भएको भेटमा आपसी हित, सम्बन्ध सुधार तथा अन्य केही महत्वपूर्ण सम्झौताका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री मोदीसँगको भेटमा दाहालले सडक तथा उर्जा क्षेत्रमा भएका विगतका सहमति कार्यन्वयन लगायतका विषयमा जोड दिनु भएको स्रोतले जनाएको छ ।

अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी सम्झौतापत्रको आदानप्रदान र संयुक्त वक्तव्य सार्वजनिक गर्ने तयारी भएको छ । सम्मेलनमा दुवै मुलुकका प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभएको थियो । राष्ट्रपति निवासमा विहान भएको भेटमा दुर्ए मुलुकको आपसी हित तथा सम्बन्ध सुधारका विषयमा छलफल भएको थियो ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्रमणको दोस्रो दिन शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक स्वागत गरेका छन् । 

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्रमणको दोस्रो दिन शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक स्वागत गरेका छन् ।

यसअघि प्रधानमन्त्री दाहाललाई भारतीय सेनाले गार्ड अफ अनर बाट सम्मान गरेको थियो । दाहालले महात्मा गान्धी समाधीस्थल राजघाटमा पुष्पगुच्छा समेत अर्पण गर्नु भएको थियो ।

त्यस्तै अपरान्ह ४ बजे प्रधानमन्त्री दाहालले भारतीय अर्थमन्त्री अरूण जेट्लीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । दाहालले आजै साझ ६ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

दाहाल र भारतीय राष्ट्रपतिविच दुइ देश विचको सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ । सो क्रममा प्रधानमन्त्री दाहालले मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निम्तो हस्तान्तरण गर्नुहुनेछ ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...