पहिरोका कारण मेची राजमाग अरुद्ध

काठमान्डौ भदै ३१ ।
पहिरोका कारण गएराति देखि मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ पाँचथर सडक खण्ड पुन अबरुद्ध भएको छ ।

वर्षाका कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ नगरपालीका ८ स्थित मेवाराजा क्षेत्रमा पुन पहिरो झरेकाले राजमार्ग अबरुद्ध भएको हो ।

पहिरोकै कारण गत सोमबार देखि अबरुद्ध सो सडक गत बुधबार विहान मात्र खुलेको थियो । सो स्थानमा झरेको भिषण पहिरोले राजमार्ग अन्तर्गत बहानन्दे ल्याङबा खण्डको दर्जनौ स्थानको सडकनै बगाएकोले नयाँ ट्याकबाट सडक सञ्चालन भईरहेको थियो ।

गए रातिको पहिरोले पुन सोहि क्षेत्रमा बनाएको नयाँ ट्याक समेत बगाएकाले सडक खुलाउन केहि समय लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाईजर नविन उप्रेतिले जानकारी दिनु भयो ।

राजमार्ग अबरुद्ध हुँदा ताप्लेजुङ देखि पाँचथर हुँदै ईलाम र झापाको बिर्तामोड,काठमाडौ जाने दर्जनौ यातायातका साधन बीच बाटोमा रोकिएका छन्।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...