मोर्चाको सचिवालय बैठक बस्दै

काठमान्डौ भदौ ३१ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दै छ । सरकार सँग भएको तिन बुदे सहमतिको कार्यान्वयनमा भइरहको ढिलाईको बारेमा छलफल गर्न मोर्चाको सचिवालय बैठक बस्न लागेको हो ।

सरकारलाई सहमती कार्यान्वयनका लागि दवाव दिन अपानाइने रणनीतिका विषयका छलफल हुने सद्भावना पाटीका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

यस्तै बैठकमा संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने तयारीको बारेमा पनि छलफल गर्ने कार्यसूचि रहेको मोर्चाले जनाएको छ ।

सरकारले असोज तिन गतेलाई सविधान दिवसको रुपामा मनाउने तयारी गरिरहेका बेला सरकारलाई समर्थन गररेको मोर्चाले भने त्यस दिनलाइ कालो दिवसको रुपमा मनाउने जनाएको हो ।

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter