आईफोन सिक्स एस र सिक्स एस प्लसको मूल्य घट्यो

काठमाडौं , ३० भदौ ।
आईफोन सिक्स एस र सिक्स एस प्लसको मूल्यमा करिब ३१ हजार १ सय ६० नेपाली रुपैयाँ कटौती भएको छ ।

एप्पलले आईफोन सेभेन लन्च गरेपछि यसको अघिल्लो संस्करणको मूल्यमा भारी कटौती गरेको हो ।

यसै साल कम्पनीले ४ इन्च डिस्पले भएको स्मार्टफोन आईफोन एसईको मूल्य पनि घटाएको थियो । मूल्य घटाएको बारेमा एप्पलले आधिकारिक घोषणा गरिनसकेपनि यी दुई मोडलका फोन अनलाइन रिटेलर्समा घटाइएको मूल्यमा धमाधम बिक्री भइरहेका छन् ।

आईफोन सेभेनको मूल्य नेपालमा करिब ९५ हजार हाराहारीमा पर्ने अनुमान गरिएको छ । प्रविधि समाचार अनुसार केही ई(कमर्स वेबसाइटमा अघिल्लो साताबाटै आईफोन सिक्स एस र सिक्स एस प्लस कम मूल्यमा विक्रीमा राखिएको छ ।

आईफोन सिक्स एस प्लस (१२८ जीबी) एप्पलले पहिले करिब एक लाख ४७ हजारमा बेचिरहेको थियो भने अब १ लाख १८ हजारमा बेच्ने भएको छ।

अर्कातर आईफोन सिक्स एस (१२८ जीबी) करिब १२२४ डलरमा आउँथ्यो भने अब मूल्य घटेपछि यसको मूल्य ९ सय डलरमा आइपुगेको छ।

अमेरिकामा आईफोनको मूल्य करिब करिब ६ सय १५ डलर रहेको छ । जुन यसको पुरानो संस्करणको भन्दा करिब एक सय डलर कम हो ।

मार्केट रिसर्च फर्म स्ट्राटेजी एनालिटिक्सका अनुसार एप्पलले यस सालको दोस्रो चौमासिकमा विश्वभरमा करिब एक करोड ४२ लाख आईफोन सिक्स एस बेचेको छ ।

आईफोन सिक्स विश्वमै सबैभन्दा धेरै बिक्ने फोनको सूचीमा शीर्ष दोस्रो स्थानमा छ । विश्वमा यसका करिब ८५ भन्दा धेरै सेट बिकेका थिए ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...