दिल्ली पुगेलगत्तै प्रचण्डको भेटवार्ता तीब्र ,भाकपाले भुकम्पपिडितलाई साढे आठ करोड दिने

काठमाडौं, ३० भदौ ।
भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली पुगेलगत्तै भेटवार्ता तीब्र बनाउनु भएके छ । भ्रमणको पहिलो दिन आज भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीसँग भेटवार्ता गर्नुभयो ।

दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ताका क्रममा महासचिव यचूरीले भाकपा पार्टीको तर्फबाट नेपालका भूकम्पपीडितलाई करिब ८ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग दिने लिखित प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रचण्डसँगको भेटका क्रममा यचूरीले संविधान संशोधनपछि नेपालमा सबैको माग पुरा हुने विश्वास प्रकट गर्नुभयो ।

आजै प्रधानमन्त्री प्रचण्डले भारतीय नेशनलिस्ट पार्टीका महासचिव डिपी त्रिपाठी र जनता दलका पूर्वअध्यक्ष सरद यादवसँग सँग पनि भेटवार्ता गर्नुभएको छ ।

दूतावासमा प्रधानमन्त्री प्रचण्डले तिनै नेतासँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter