दिल्लीमा प्रचण्डले भने , संसदीय निर्वाचन प्रणालीलाई त्याग्नपर्छ

काठमाण्डौ ,३० भदौ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्र पुष्पकमल दाहालले संसदीय व्यवस्था रहुन्जेल सरकार छिटो छिटो ढल्नु र बन्नुमा कुनै अनौठो नहुने बताउनु भएको छ ।

आज साँझ दिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायलाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले दिगो सरकारका लागी वर्तमान व्यावस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो ।

प्रवासी नेपालीलाई सम्बोधन गर्दै उहाले भन्नुभयो ,‘नेपालमा छिटो सरकार किन बदलिन्छ ? भनेर प्रश्न गरिन्छ यसको एउटै कारण नेपालमा अबलम्बन गरेको लोकतान्त्रिक संसदीय निर्वाचन प्रणाली नै हो ।

उहाले संसदीय निर्वाचन प्रणालीलाई त्यागेर सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

राजनीतिक सहमतिको खाँचो रहेको औँल्याउदै दाहालले भन्नुभयो ‘नेपालमा राजनीतिक स्थिरताका लागि राजनीतिक सहमतिको खाँचो छ’, ‘सरकार त्यही दिशातर्फअघि बढिरहेको छ ।’

प्रवासका नेपालीहरुले व्यवस्था बदलन गरेको योगदान अनुसार सुविधा पाउन नसकिरहेको बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाले भारतबाट फर्कने क्रममा सीमानामा हुने लुटपाटबारे पनि यो पटक भारत सरकारसँग कुरा गर्ने पनि बताउनु भएके थियो । प्रवासमा भइरहेको हत्या र बलात्कारालाई नियन्त्रण गर्न दुई देशबीच समझदारी जरुरी रहेको उहाको भनाई छ ।चार दिने भ्रमणका क्रममा दाहाल आज मध्यान्ह दिल्ली पुग्नुभएको हो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया