३५ रुपैयाँमा दिदा समेत चामल बिकेन

ताप्लेजुङ, भदौ ३० ।

ताप्लेजुङमा खाद्य संस्थानले आर्थिक वर्ष २०७१ ÷७२ मा ढुवानी गरेको करिब १ हजार क्वीन्टल चामलमा अझै बिक्रि हुन सकेको छैन ।

चामलको मूल्य चार पटकसम्म घटाउँदा पनि खरिद गरिएको १ हजार ९ सय ९३ क्वीन्टलमा अझै एक हजार क्वीन्टलभन्दा बढी बिक्री हुन नसकेको खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले बताउनु भयो ।

अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नै नबिकेपछि गत आर्थिक वर्षमा चामल ढुवानी नगरिएको यादवले बताउनु भयो । सुरुमा प्रतिकेजी ४३ रुपैयाँमा बेचिएको चामल अहिले ३५ रुपैयाँमा पनि बिक्री हुन छाडेको हो ।

चामल उपभोग गर्नयोग्य रहेको कार्यालयको जनाएको छ । संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले सर्वसाधारणलाई चामल किनिदिन संस्थानले आग्रह गरेको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...