संविधान पुर्नलेखनका लागि संघिय लिम्बुवान मञ्च आन्दोलित

धरान ,३० भदौ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपालले संबिधान संसोधन प्रक्रियाबाट संविधान पुर्नलेखन गर्न गराउनका लागि संघिय गठबन्धन मार्फत दोश्रो चरणको आन्दोलन गर्ने भएको छ ।

काठमाडौं केन्द्रित आन्दोलनका लागि विभिन्न कार्यक्रमको आयोजना हुने संघिय लिम्बुवान मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङदेनको अध्यक्षतामा निर्णय भएको हो ।

बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरुसंगै पार्टीका अन्य कार्यक्रमहरु गर्ने निर्णय भएको समेत मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङलेजानकारी दिए ।

उनका अनुसार लिम्बुवानको ९ वटै जिल्ला, क्षेत्र, नगर, गाउमा पार्टीले आगामि मंसिर मसान्तसम्मका अधिवेशन सम्पन्न गराउने, आगामि ६ महिनाभित्रमा लिम्बुवान प्रान्तमा २ लाख साधारण सदस्यथा पत्र र ३० हजार क्रियाशिल सदस्यता वितरण गर्ने, केन्द्र र जिल्ला गरी दुई तहमा प्रशिक्षण कार्यक्रम गर्ने, असोज ३ गते घोषित पहिचान बिरोधी अपुर्ण संविधानलाई शसक्त विरोध गर्ने, २ गते नौ वटै जिल्लाको सी डी ओ मार्फत प्रधानमन्त्रिलाई बिरोधपत्र
बुझाउने र ३ गते लिम्बुवान भरि कालो झण्डा गाड्ने लगायतका कार्यक्रमहरु गर्नेछौं ।

भाद्र ३१ गते थरुहट र असोज १ गते तमुवानमा प्रान्तिय मञ्च गठन गर्ने समेत बरिष्ठ उपाध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष बिष्णु तुम्बाहाम्फे, महासचिव असोक चेम्जोङ, केन्द्रिय सचिव भुपेन्द्र सुन्दर लावती, केन्द्रिय सचिवालय सदस्य बिबि लिङदेन, उपमहासचिव भगिराज तुम्सा लगायतको उपस्थिती रहेको थियो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...