उपत्यकामा ऐतिहासिक कुमारी रथजात्रा,राष्ट्रपतिद्धारा अबलोकन

काठमाण्डौ ,३० भदौ ।

आज ईन्द्रजात्रा पर्व वर्षाका देवता देवराज ईन्द्रको पुजा आरधना गरि उपत्यका सहित मुलुकका बिभिन्न स्थानमा मनाईदै छ ।

बिशेषगरी उपत्यकामा मनाईने परम्परागत ईन्द्रजात्रा पर्व हरेक बर्ष भाद्र शुक्ल चुतुर्दशीका दिन शत्रु पराजित गरि विजयको प्रतिकका रुपमा मनाउने गरिन्छ । उपत्याकाका काठमाण्डौ , ललितपुर , भत्तपुर सहित धुलिखेल ,दोलखा लषयतका स्थानमा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्धाद्धसीका दिन राजधानीको हनुमानढोका अगाडि धार्मीक बिधी पूर्वक ईन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरु हुने जात्रा बिभिन्न प्रकारका नाचगान ,रथयात्रा र देवीदेवताको पुजाआजा गरि आठ दिन सम्म मनाईन्छ ।

आज जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरीएको छ । जीवितदेवी कुमारी, देवता गणेश र भैरवको बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी सकेपछि रथजात्रा सुरु भएको हो ।

बसन्तपुरको कुमारी घरबाट सुरु भइ मरु, चिकं मुगल, न्हुःघ, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, भीमसेनस्थान हुँदै रथजात्रा कुमारी घरमा नै पुगेर टुङगएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रप्रमुखको हैसियतमा कुमारी रथजात्रा अवलोकन गर्नुका साथै जीवितदेवी कुमारी, देवता गणेश र भैरवको दर्शन गरी प्रसादसमेत ग्रहण गर्नुभयो ।

सो क्रममा सभामुख, न्यायाधीश, मन्त्रीगण, सुरक्षा प्रमुखहरु र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै लाखे, पुलुकिसी, अष्टमातृका, आकासभैरव र किलागलमातृका नाचसमेत प्रदर्शन गरिएको थियो ।

भोली माथिल्लो टोल र मंगलबार नानिचास्या भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचास्याको दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।

भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेको अझै उस्तै भएकोले रथ यसपालि पनि दिउँसै रथ तानिएको हो ।

मंगलबारदेखि साँझ मत्स्य, कच्छप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि दस अवतारको नृत्य मञ्चन गरिन्छ ।

अन्तिम दिन नानिचास्यास्को राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि जात्रा समाप्त हुन्छ । यो पर्व यो जात्रा राजा जयप्रकाश मल्लले चलाको कथन छ ।

इन्द्रजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter