विवादमा फसेर संबिधान कार्यान्वयनलाई ओझेलमा नपारौ : सिंह

काठमाण्डौ, ३० भदौ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेस नेतृत्वमा नै कार्यान्वयन हुने बताउनु भएको छ ।

नेपाल तरुण दल काठमाडौंका निर्वाचित जिल्ला समितिका पदाधिकारीको आज पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले सबै दलको सहमतीमा नै संबिधान कार्यान्वयन हुने पनि दाबी गर्नुभयो ।

संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सबै चुनौतीको सामना गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने सिंहको भनाई छ ।

सानातिना विषयमा विवाद गर्ने बेला नभएको भन्दै उहाले दलहरुले मतान्तरलाई छोडेर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता सिंहले पार्टीका सबै कार्यकर्तालाई संविधान कार्यान्वयनमा प्रभारकारी रुपमा लाग्न निर्देशनसमेत दिनुभयो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter