कृषकलाई सम्मानका दृष्टिले हेरे कृृषिको विकाश सम्भव : तामाङ

एस.बी. साउद

काठमाण्डौ, ३० भदौ ।

कृषकलाई सम्मानका दृष्टिले नहेरेसम्म नेपालमा कृृषिको विकाश हुन नसक्ने कृषिविकाश राज्यमन्त्रि राधिका तामाङले बताउनुएको छ ।

हेलम्बु सामुदायीक विकास संस्थाको आयोजनामा अनामगरमा भएको किसान समुदायले बेहोर्दे आएका समस्या र चुनौति तथा यसको रोकथाम विषयक अन्तक्रिया कार्यक्रममा उहाँले नेपालमा अधिकांस नागरिक कृषि पेशामा संलग्न रहेकोले उनीहरुले गर्दे आएको पेशालाई सम्मानित पेशाका रुपमा हेर्न सक्नुपर्ने बताउनुभयो ।

राज्यमन्त्रि तामाङले आफुपनि कृषक परिवारमा हुर्किएको भन्दै कृषि पेशा र कृषकको उत्थानका लागि अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

देशका बास्तविक किसानहरुको आवाज राज्यका निकायमा पुग्न नसकेको भन्दै यसका लागि कृषक अगुवाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । बिगतको तुलनामा नेपालमा कृषि पद्धतीमा परिर्वन आएको भन्दै आधुनिक कृषिमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा कृषि विकाश मन्त्रालयका प्रवक्ता योगन्द्र कुमार कार्किले कृषक लक्षित कार्यक्रम सोचेअनुरुप जनस्तरमा पुग्न नसकेको स्वीकार्दै अबको ५ बर्षमा कृषिमा सुधार आउनेगरि मन्त्रालयले गृहकार्य अघि बढाईरहेको बताउनुभयो ।

उहाँले १ खर्ब ३० अर्ब बराबरको प्रधानमन्त्रि आधुनिक कृषि परियोजनाको कार्य अघि बढिरहेको जानकारी दिनुभयो । यस्तै कृषकहरुलाई ३ बर्षभित्र खाद्यन्नमा तथा ७ बर्षभित्र फलफुलमा आत्मनिर्भर बनाउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा माटो व्यावस्थाप निर्देशनालयका प्रमुख दुर्गा दवाडिले माटोको परिक्षण गरि सोहि अनुसार व्यावसायीक खेती गरे राम्रो आम्दानी गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रममा हेल्टोका निर्देशक बिनोद लामिछाने र अध्यक्ष कमला कार्कीले गुणस्तरीय र व्यावसायी कृषिको विकासका लागी आफुहरुले निरन्तर काम गरिरहने धारणा राख्नुभयो ।

अन्तकृयामा कृषकहरुका समस्या तथा गुनासाहरुको जवाफ सम्बन्धित बिज्ञहरुले दिएका थिए ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...