तरुण दलको महाधिवेशन पुन सर्ने

काठमाण्डौ ,३० भदौ ।

जिल्ला अधिवेशन सक्न समय लाग्ने भएपछि नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ ।

तरुण दलको हालसम्म ६२ जिल्लामा अधिवेशन भएको र बाँकी जिल्लामा दसैं–तिहारपछिमात्र अधिवेशन हुने सम्भावना रहेको महाधिवेशन निर्देशन समितिले जनाएको छ ।

महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने भनिएकामा तरुण दल स्थापना दिवसको दिन कात्तिक १० गतेलाई मध्यनजर गरी मिति निर्धारण हुने बताइएको छ ।

यसअघि, भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिएपनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो ।

दुई कांग्रेस एकीकरणपछि २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले ६ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया