संबिधान च्यात्नेसँग कार्यान्वयनको बारेमा छलफल हुन्न : ओली

काठमाडौ, भदौ ३० ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकार बनेको एक महिनामै भारत भ्रमणमा जानु औचित्यहिन रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

ललितपुरमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले विना कारण प्रधानमन्त्रीले भारत भ्रमण सुरु गरेको भन्दै आलोचना गर्नुभयो ।

सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाउदै अध्यक्ष ओलीले माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात गरेको बताउनु भयो ।

नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौता मुलुकका लागी नै घातक रहेको धारणा राख्नुभयो ।

उक्त सम्झौता मुलुकको भौगोलिक अखण्डतामा आँच र्पुयाउने, विदेशबाट आउने वित्तिकै नागरिकता दिइहाल्नुनर्पे र राष्ट्रपतिसम्म बन्न दिनुपर्ने भन्ने मनसायमा आधारित भएकोको उहाको भनाएई छ ।

नेपालको संविधान जति समावेशी संविधान अन्यत्र नरहेको उल्लेख गर्दै ओलीले संविधानको सर्वस्वकार्यता कही पनि नहुने बताउनु भयो ।

संविधानका भित्रैबाट सबै समस्या समाधान गर्न सकिने भएकाले पहिले यसको सर्वोच्चता स्वीकार्नुपर्ने भन्दै उहाले संविधान च्यात्ने जलाउनेसँग छलफल हुनै नसक्ने बताउनु भयो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...