संविधान कार्यान्वयनमा भएरै छाड्छ :जोशी

३० भदौ, भीमदत्तनगर ।

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संविधान कार्यान्यवन हुने दाबी गर्नुभएको छ ।

नेकपा संयुक्तले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले सबै राजनीतिक दल र पक्ष मिलेर संविधान कार्यान्वयनतर्फ अग्रसर हनुपर्नेमा जोड दिदै सरकार संविधान कार्यान्वयनमा लागि परेको बताउनु भयो ।
संविधान कार्यान्वयनमा सबै क्षेत्र तह र तप्काबाट सहयोग पुग्ने उहाको धारणा छ । संविधान कार्यान्वयनसँगै आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुने उहाको दाबी छ ।

मन्त्री जोशीले सरकारले छिमेकी मुलुक भारत र चीनमा विशेष दूतका रुपमा उपप्रधानमन्त्रीहरु पठाएर उच्च सम्बन्ध विस्तारमा जुटेको बताउनु भयो ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...