संविधान संशोधनको अर्थ छैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाण्डौ ,३० भदौ ।

नेकपा एमालेका उप–महासचिव एंव पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपाल र नेपालीको चाहना संविधान कार्यान्वयन, आर्थिक समृद्धि र स्थायित्व भएकाले संबिधान संसोधनको गोचक्करमा नफस्न शिर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले मधेसवादी दलहरुको एकोहोरो ढिपिले संबिधान संसोधनको अर्थ नरहने बताउनु भयो ।

उहाले मधेसीवादी दल र सत्ता साझेदार दल संविधान संशोधनको नाटक मञ्चन गरेर सत्ता टिकाउने दाउ मात्रै गरिरहेको बताउनु भयो ।

त्यस्तै पौडेलले प्रचण्डको सरकार मधेसलाई बोकेर भारतको प्यारो हुन खोजेको आरोप पनि लगाउनु भयो । ‘हिजोका संविधान विरोधी पनि आज सरकारमा बसेको भन्दै उहाले एमालेको जित भएको धारणा राख्नुभयो ।

संविधान निर्माणमा एमाले ठूलो महत्वका साथ अगाडि बढेको भएपनि कार्यान्वयन गर्छु भन्दा एमाले सरकार प्रति नै सत्ता साझेदार दलले घात गरेको उहाको भनाइ थियो।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...