स्थानीय निकायको सङख्या बढाउन नेपालको माग

काठमान्डौ ,भदौ ३० ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधव कुमार नेपालले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा धेरै बनाउनुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले यस्तो बताउनु भएको हो । नेपालले स्थानीय निकाय यही रुपमा पुनर्संरचना भए मुलुकमा नयाँ द्वन्द्व निम्तिने समेत चेतावनी दिनु भएको छ ।

अहिले प्रस्तावित संख्या नेपालको सन्दर्भमा गलत भएको तर्क गर्दै नेता नेपालले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायहरु बढाउनुपर्ने धारणा राख्नु भएको छ ।

साथै उहाँले स्थानीय निकायको पुनर्संरचना गर्ने काम विदेशीको इशारामा भएको बताउनु भएको छ । विदेशीले तयार पारेको पुनर्संरचनाको खाकालाई नेपालमा प्रयोग गर्न खोजिएको उनको भनाई छ ।

स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्न गठित आयोगले प्रस्ताव गररेको ५ सय ६५ स्थानीय तह लाइ नै एमालेले सही भनिरहेका बेला एमालेकै नेता नेपालले कांग्रेस र माओवादी केन्द्रले जस्दै फरक धारणा राख्दै आउनु भएको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...