प्रचण्डले अरुणको चिसो पानी मोदीलाई उपहार दिने ?


भदौ ३० काठमाण्डौं ।

सन् २०१५ मा बिहार राज्यभमा भएको विधान सभाको चुनावको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पानी आफ्नो हातमा भएको र बिहारमा घर घरमा पानी ल्याईदिने भन्दै भोट मागेका थिए ।
त्यस बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सप्तकोशी उच्च बाधको विषयमा सहमति भए नाकाबन्दी खुलाउने भन्ने प्रस्ताव आएको चर्चा चलेको थियो । तर सो विषय अघि बढेन ।
सप्तकोशी उच्च बाध बाधे पछि त्यसको पानी भारतको राजस्थानको मरुभूमिसम्म पनि पुर्याउने लक्ष्य भारतले राख्दै आएको छ ।
यस्तै मेसोमा भारतले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई भारत आउनु अघि नै अर्को पानी उपहार मागेको छ अरुण तल्लो ।
अरुण तेस्रो सहितका आयोजना ओगटेर बसेका भारतीय कम्पनीलाई फेरी यस्तै अर्को आयोजना दिने प्रधानमन्त्री प्रचण्डको योजना दवावमै आएको अनुमान विज्ञहरुले गरेका छन् ।
संखुवा सभामा पर्ने ४ सय मेगावाटको रणनीतिक महत्वका साथ हेरिएको यो आयोजना भारतको हातमा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तत्काल सप्तकोशी उच्च बाध जस्तो विषयमा समझदारी गर्दा देशभर विरोध र विवाद हुने लगायतको विषयमा अनुमान गर्दै अहिले तत्काललाई सानै लेवलको भए पनि प्रोजेक्ट गिफ्टको रुपमा दिने प्रचण्डले बचन दिएको हुन सक्ने उनीहरुको अनुमान छ ।
यस अघि प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यकालको भ्रमणमा नौमुरे भारतले उपहारको रुपमा बनाईदिने भने पनि हालसम्म बनाएको छैन र त्यसबाट भारत पछि हटि सकेको छ ।
उता भारतले ओगटेको माथिल्लो कर्णाली र पञ्चेश्वर जस्ता ठूला आयोजनाहरु समेत अलपत्र परीरहेका बेला एक पछि अर्को आयोजना निशर्त रुपमा भारतलाई दिनुले प्रधानमन्त्रीले भ्रमणमा केही गर्दिन भने पनि जथाभावी गरेको स्पष्ट हुने भन्दै आलोचना भएको छ ।
विभिन्न दल तथा समुहहरुले जथाभावी राष्ट्रहित विपरीत सम्झौता नगर्न ज्ञापन पत्र तथा खबरदारी गरीरहेका थिए ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया