
फुर्वा शेर्पा , जापान । जापानमा रहदै आएका नेपाली पत्रकारहरुको दक्षता अभिबृद्धिका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) ले एक दिने व्यवशायीक तथा प्राविधिक तालिम दिएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले राजधानी टोकियो स्थित एक नेपाली रेष्टुरामा सम्पन्न एक दिवसीय ब्यबसायिक तथा प्राबिधिक तालिम तथा छलफलको क्रममा त्याहा रहेका पत्रकारहरुले नेपाली समुदायहरुको अवस्थाका विषयमा खोजमुलक बिषय सूचित गर्ने प्रतिवद्धता जनाएका छन् ।
जापानमा भएका ५० हजार भन्दा बढी नेपाली समुदायमाझ भएका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाइ अध्ययन गरी सारा नेपालीहरुलाई सुसुचित गर्नुका साथै सकारात्मक परिबर्तन र बिकासमा अहम भुमिका खेल्नु नितान्त आवस्यक रहेको अधिकांश सहभागी पत्रकारहरुले बताएका छन् ।
पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले प्रबासमा खोज पत्रकारिता चुनौतीपुर्ण रहेपनि एकजुट भएमा असम्भव नहुने बताउनुभयो ।
खोजमुलक पत्रकारिता र रिपोर्टिंग गर्न पत्रकार पुर्णरुपमा तयारी हुनुपर्ने, धेरै समय अध्ययनर तयारी गर्नुपर्ने र स्रोतको खोजी गर्नु आवस्यक भएको नेपाल जापान डटकमका सम्पादक आनन्द कोईरालाले बताउनु भयो ।
त्यस्तै कारोबार दैनिकका पत्रकार तथा पत्रकार महासंघ केन्द्रिय सदस्य पवन बर्षा शाहले खोज पत्रकारले समाचार तथा इस्युलाइ फ्लोअप निरन्तर गरी समाजलाई सुसुचित बनाउन पत्रकारले खोजपत्रकारिता गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै नेपाल सन्देश डटकमका रबिन्द्र श्रेष्ठले द्वन्दकालमा हत्या भएका रामहरि श्रेष्ठ हत्याकाण्ड देखि लिएर जापानमा केही कार्यक्रममा खोज रिपोर्टिंग गर्दा आफु माथि हातपात समेत भएको सउदाहरण सुनाउदै जोखिम बेहोर्न नसके खोज पत्रकारिता सम्भव नहुने बताउनु भयो ।
जापानमा १ दर्जन भन्दा बढ़ी अनलाइन मेडिया र करिब दुइ दर्जन जना भन्दा बढ़ी पत्रकारहरु सकृय रहदै आइरहेका छन् ।
बिहि, भदौ ३०, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रवास समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम