पहिरोका कारण पोल ढल्दा विद्युत सेवा ठप्प


काठमान्डौ भदौ ३० ।
धौलागिरीको धेरै स्थानमा विद्युत सेवा ठप्प भएको छ । बागलुङको पैयुपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोका कारण विद्युतीय पोल ढल्दा विद्युत सेवा ठप्प हुन पुगेको हो ।

सो स्थानमा हिजो देखि विद्युत सेवा ठप्प हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । विद्युत सेवा ठप्प हुँदा उद्योग, कलकारखाना लगायत दैनिक कामकाज प्रभावित भएका छन् ।

केन्द्रीय लाइन मार्फत वितरण गरिने मुख्य लाईन रहेको आठ वटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले जनाएको छ ।

विद्युत आपूर्ति सञ्चालनका लागि आज कालाखोलामा दुई वटा पोल गाडिनेछ भने हिजो सहस्रधारामा ६ वटा पोल गाडिएको छ ।

मर्मत कार्य सकिएमा आज साँझसम्म र नभए भोली सम्ममा विद्युत आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया