कांग्रेसका भातृ संगठन महिला संघको बन्द सत्र आज

काठमान्डौ भदौ ३०।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको हिजो देखि राजधानीमा सुरु भएको तेस्रो महाधिवेशनको बन्द सत्र आज बाट हुदै छ ।

भृकुटी मण्डपमा विहान ९ बजेबाट बन्द सत्रका कार्यक्रम सुरु हुने महिला संघले जनाएको छ । बन्दसत्र कार्यक्रममा संगठनको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

संघको नयाँ नेतृत्व चयनका लागि आज नै उम्मेदवारी दर्ताको काम सुरु हुनेछ । राष्ट्रिय सभा गृहमा विहान ११ बजेबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने संघले जनाएको छ । मतदान प्रक्रिया भने भोली हुनेछ ।

संघको नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष द्धय मीना पाण्डे र उमा रेग्मी विच प्रतिस्पर्धा हुने देखिएको छ । रेग्मी संस्थापन पक्ष बाट र पाण्डे पौडेल पक्षबाट उम्मेदवार बन्ने घोषणा गरिएकोे छ । दुवै पक्ष प्यानल बनाएर चुनाव तयारीमा जुटेका छन् ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...