अभिनेत्री डोलीस‘ग निदेशको रोमान्स

काठमाडौ । मैथली र भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री हुन् डोली सरकार । उनी अहिले नेपाली म्युजिक भिडियोमा पनि देखिन थालेकी छन् । गायक तथा मोडल दिनेश थापाको पछिल्लो लोक गीत ‘बोली नफेर…’ पनि उनको अभिनय रहेको छ । गीतमा उनको साथमा गायक तथा मोडल दिनेशले पनि अभिनय गरेका छन् ।
हुन त गायन र मोडलिङमा राम्रै चर्चा कमाएका दिनेशले । उनको भिडियोमा डलीको मोडलिङलाई सुनमा सुगन्ध भन्नेहरु पनि छन् । भिडियोमा डलीसँग दिनेशको कम्युनिकेसन पनि राम्रो मिलेको छ । भिडियो बब्बु थापाले निर्देशन गरेका हुन् । गीतमा आवाज भने दिनेशलाई गायिका चन्द अर्यालले दिएकी छन् । गीतमा लय शब्द भने एकनारायण भण्डारीको रहेको छ । गीतलाई म्युजिक नेपालले आफ्नो युट्युव मार्फत बाहिर ल्याएको हो । गीत सार्वजनिक भएयता दिनेशको चर्चा पनि चुलिएको छ ।

dance-2

गोरखाको नाम्जुंग गाविसमा जन्मेका हुन् दिनेशको थुप्रै गति बाहिर आएका छन् र चर्चामा पनि । सानैदेखि गाउन सौखिन दिनेशल २०६२ सालबाट औपचारिक सांगितिक यात्रा शुरु गरेका हुन् । गायनमा सफल कलाकार बन्ने लक्ष्यका साथ राजधानी छिरेका दिनेशले थुप्रै गीत गायका छन् । ति मध्य प्राय हिट भएका छन्
गायनको अलवा भिडियो मोडलिङमा पनि राम्रै जमेका दिनेशले ‘म जस्तो राम्रो पोई माग’, ‘मेरो लचक्क कम्मर’ , ‘मेरो रुपले पोखरामा तहल्का मच्चायो’ , ‘मायामा घात गर्नेलाई गोलि ठोक्नु पर्ने’, ‘आधि गाग्रो ढल्किन्छ’ ,‘मायालाई घुमाउन लाने हो’, ‘साझ परेपछि रोधिमा झरौला’लगायत दुई दर्जन माथिका गीतमा मोडलिङ गरेका छन् ।

मोडलिङ अनुभवको सिलसिलामा मेलिना मानन्धर ,झरना थापा लगायतसँग समेत स्क्रिन सेयर गरेका दिनेश पछिल्लो समय धेरै म्युजिक भिडियो निर्देशकको रोजाईमा समेत पर्ने गरेका छन् ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...