आज इन्द्रजात्रा , रथ यसपालि पनि दिउँसै तानिने

काठमाडौं , भाद्र २९ ।
आज ईन्द्रजात्रा पर्व वर्षाका देवता देवराज ईन्द्रको पुजा आरधना गरि उपत्यका सहित मुलुकका बिभिन्न स्थामा मनाईदै छ ।

बिशेषगरी उपत्यकामा मनाईने परम्परागत ईन्द्रजात्रा पर्व हरेक बर्ष भाद्र शुक्ल चुतुर्दशीका दिन शत्रु पराजित गरि विजयको प्रतिकका रुपमा मनाउने गरिन्छ । उपत्याकाका काठमाण्डौ , ललितपुर , भत्तपुर सहित धुलिखेल ,दोलखा लषयतका स्थानमा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्धाद्धसीका दिन राजधानीको हनुमानढोका अगाडि धार्मीक बिधी पूर्वक ईन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने जात्रा बिभिन्न प्रकारका नाचगान ,रथयात्रा र देवीदेवताको पुजाआजा गरि आठ दिन सम्म मनाईन्छ ।

आज जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरीदैछ ।
जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा राखी आज दरबार स्क्वायरस्थित तल्लो टोल,मा रथ यात्रा गरिदैछ ।

भोली शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचास्या भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचास्याको दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।

भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेको अझै उस्तै भएकोले रथ यसपालि पनि दिउँसै तानिने इन्द्रजात्रा व्यवस्थापन समितिले बताएको छ । समितिका अध्यक्ष गौतम शाक्यले रथ तान्ने रुटमा धराप घरहरू भएकाले दिउँसो तान्ने निर्णय भएको बताउनु भयो ।

भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक र चियापान गर्ने बैठक कक्ष पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखी व्यवस्थापन गरिएको छ ।

जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण भइनसकेकाले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ ।

उक्त मञ्चमा मंगलबारदेखि साँझ मत्स्य, कच्छप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि दस अवतारको नृत्य मञ्चन गरिन्छ ।

अन्तिम दिन नानिचास्यास्को राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि जात्रा समाप्त हुन्छ । यो पर्व यो जात्रा राजा जयप्रकाश मल्लले चलाको कथन छ ।
यसै विच इन्द्रजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

बिहि, भदौ ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया