बारामा आगलागीबाट ५ लाखको क्षति 

बारा, २९ भदौ
बरैनिया–९ कान्तिपुर टोल बस्ने गाया पंडितको घरगोठमा लामखुट्टे धपाउन बालिएको धुपबाट बुधबार आगलागी हुँदा सुन, चाँदी, अन्नपात, लत्ताकपडा लगायतका सामानहरु जलेर करीब ५ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
आगलागी स्थानियबासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...