भारत भ्रमण दुई देशबीच विश्वासको वातावरण बनाउन केन्द्रित हुन्छ : प्रधानमन्त्री

काठमाण्डौ ,२९ भदौ ।

प्रधामन्त्री पुष्पकमल दाहालले भोलीदेखि हुने आफ्नो भारत भ्रमण दुई देशबिच विश्वासको वातारण बनाउन केन्द्रित हुने बताउनु भएको छ ।

व्यवस्थापिका संसदलाई भ्रमणबारे जानकारी गराउँदै उहाँले भ्रमणका क्रममा नयाँ विषयमा छलफल गर्ने भन्दा पनि विश्वासको वातावरण बनाउने र पुराना सम्झौतालाई कार्यान्वयनमा लाने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनु भएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमण र त्यसको एजेन्डाबारे सरकारले सदनलाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सहितका दलबाट आलोचना भइरहेका बेला प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने, हुलाकी मार्ग निर्माणको दोश्रो चरण सुरु गर्ने र उर्जा व्यापार सम्झौता पिटिए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति गर्ने तयारी छ ।

संसद बैठकमा आज राष्ट्रिय चिकित्सा शिक्षा सहकारी विधेयक छलफलका लागि प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सार्क बैठकमा भएका केही सहमति र सम्झौता पनि अनुमोदनका लागि बैठकमा प्रस्तुत गर्ने तयारी भएको संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया