गायक तथा संगीतकार बर्देवाको निधन

काठमान्डौ भदौ २९।
गायक तथा संगीतकार सुनील बर्देवाको गएराति निधन भएको छ । जन्डिसबाट पीडित बर्देवाले एक्कासी रगत वान्ता गरेपछि हिजो उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो ।उहाँको उपचारको क्रममा निधन भएको हो ।

उहाँको गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् । पप गीतहरुमा संगीत संयोजन गर्ने उहाँ गीतकार पनि हुनुहुन्थ्यो ।

काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ । उहाँको एक छोरा र एक छोरी रहेका छन् ।

बर्देवाको पार्थिक शरीरलाई श्रदाञ्जलीका लागि आज बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने जनाइएको छ । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter