नेपाली कांग्रेसको भातृ संगठन महिला संघको महाधिवेशन आजदेखि

काठमान्डौ भदौ २९ ।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन आज देखि राजधानीमा सुरु हुँदैछ ।

महाधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमन्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन आज देखि ३१ गतेसम्म चल्ने छ ।

महाधिवेशनमा २ हजार २ सय ४४ प्रतिनिधि सहभागी हुने महिला संघले जनाएको छ । महाधिवेशनको बन्दसत्र भृकुटीमन्डपमा भोली हुने छ भने निर्वाचन राष्ट्रिय सभागृहमा गरिने बताइएको छ ।

संस्थापनपक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष र कृष्णप्रसाद सिटौलापक्षले उम्मेदवार उठाउने तयारी थालेका छन् । पौडेलपक्षले नेत्री मीना पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभापति देउवा समूहबाट चित्रलेखा यादव, उमा अधिकारी र मञ्जु खाँडको नाम चर्चामा छ । देउवाले उम्मेदवार तय गर्न निर्देशन समितिमा रहेका आफ्नो पक्षका सदस्यहरूलाई जिम्मा दिनुभएको छ ।

त्यस्तै, सिटौलापक्षबाट धना खतिवडाको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय भएको छ ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...