उपराष्ट्रपति पुन आज भेनेजुएला जाँदै

काठमाडौ २९ भदौ ।
असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन आज भेनेजुयला प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज राति साँव ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुयला प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्र सघ, अन्तर्राष्ट्रिय कानुन महाशाखाका प्रमुख भरतराज पौड्याल, उपराष्ट्रपतिका स्वकीय सचिव तुलसी डाँगी तथा पाश्र्ववर्ती प्रमुख सेनानी उमेशबहादुर सिंह सहभागी हुँदै छन् ।

शिखर सम्मेलन भेनेजुयलाको मार्गरिता टापुमा भोली र पर्सी हुनेछ । उपराष्ट्रपति पुन आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि उक्त शिखर सम्मेलन इरानको राजधानी तेहरानमा आयोजना गरिएको थियो ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter