प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्दै

काठमाडौ २९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले भोली देखि हुने आफ्नो भारत भ्रमणका सम्बन्धमा सदनमा जानकारी गराउनु हुनेछ ।

प्रधानमन्त्रीको भारत भ्रमण र त्यसको एजेन्डाबारे सरकारले सदनलाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सहितका दलबाट आलोचना भइरहेका समय प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्न लाग्नु भएको हो ।

भ्रमण एजेन्डा तय भइनसकेको भन्दै प्रधानमन्त्री दाहालले यसअघि संसदलाई जानकारी नगारएको उहाँको सहयोगीहरुले बताएका छन् ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत नयाँदिल्लीबाट फर्किनु भएको र विभिन्न दल, पूर्वप्रधानमन्त्री लगायत सरोकारवालासँगको छलफलपछि एजेन्डा तय भएको भन्दै प्रधानमरन्त्रीले आज संसदमा सम्बोधन गर्न लाग्नु भएको हो ।

यस्तै आजको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा सहकारी विधेयक छलफलका लागि प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

सार्क बैठकमा भएका केही सहमति र सम्झौता पनि अनुमोदनका लागि बैठकमा प्रस्तुत गर्ने तयारी भएको संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

बुध, भदौ २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter