नेकपा माओवादीद्धारा उपत्यका लगायत देशभर मसाल जुलुस,पोखरामा चार घाईते

काठमाण्डौ, २८ भदौ

मुल्य बृद्धि र कलोबजारी,भ्रष्टाचारको विरुद्ध नेकपा माओवादीले आज उपत्यका लगायत देशभर मसाल जुलुस निकालेको छ । उपत्यका सहित देशका प्रमुख शहरमा मसाल जुलुस सहित कोण सभाहरु गरेको हो ।

उपत्यका भने काठमाण्डौ, भक्तपुर, ललितपुर तीनै जिल्लाका बिभिन्न स्थानमा मसाल जुलुस सहित कोणसभा गरेको थियो ।

यसैविच पोखरमा मसाल जुलुसपछि कोण सभाको क्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा चार जना घाईते भएको अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डक ब्युरोका संयोजक विजय लामाले जानकारी दिनुभयो ।

14348868_1176356625756802_1548512812_n

पोखराको अमरसिंह चोकमा कोडसभाका क्रममा भएको भडपमा अखिल नेपाल क्रान्तिकारी यातायत मजदुर संघका कास्कि जिल्ला अध्यक्ष सुरज कुमार गुरुङ, अखिल नेपाल निर्माण संघका उपाध्यक्ष रमेश कुमार श्र्रेष्ठ, सेक्युरेटि मजदुर संघका जिल्ला सदस्य लोकन्द्र थापा र युवाका ईलाका सदस्य अमृत सापकोटा घाईते भएको जनाईएको छ ।

उनीहरुको अहिले पोखराको पार्कल्याण्ड हस्पिटलमा उपचार भईरहेको छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...