प्रधानमन्त्रीद्धारा राष्ट्रपति र उपराष्ट्रपतिलाइ भारत भ्रमणबारे जानकारी

काठमाण्डौं भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ ३० देखि हुने भारत भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द किशोर पुन सग भेटवार्ता गरी आफ्नो भ्रमणबारे जानकारी दिनु भएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूले गर्न लागेको भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा केन्द्रीत रहने जानकारी गराउनु भएको थियो ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...