प्रधानमन्त्रीद्धारा पुर्व प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासंग छुट्टाछुट्टै छलफल

काठमाण्डौ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे सुझाव लिने क्रममा आज पुर्व प्रधानमन्त्री र व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासंग छुट्टाछुट्टै छलफल गर्नुएको छ ।

छलफलका क्रममा पुर्ब प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई प्राथमिकता दिदै भारत भ्रमणलाई विगतका सम्झौताको कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिएका छन् ।

यस्तै द्धिपक्षीय सम्बन्धलाई थप मजवुद बनाएर आगामी दिनमा दुई मुलुकबीच कुनैपनि असझदारी आउन नदिनेतर्फ समेत प्रयास गर्न पनि उनीहरुले प्रधानमन्त्री दाहालको ध्यानकर्षण गराएका छन् ।

त्यस्तै सर्वदलीय बैठकमा भारतसंगको सम्बन्धलाइ दिर्घकालिन रुपमा मजवुत बनाउने ढंगले बिषय अघि बढाउन सुझाव प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सो क्रममा दलका नेताहरुले विगतमा भएका समझदारी कार्यान्वयनका लागि कार्यतालिका बनाएर अघि बढ्ने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सुझाव लिएपछि जवाफमा प्रधानमन्त्री दाहालले भारत भ्रमणले नेपालमा धेरै चर्चा र आशंका उठने गरेको भन्दै आफु सम्बन्ध सुदृढ गराउन केन्द्रित हुने बताउनुभयो ।

उहाँले यस पटकको आफ्नो भ्रमण सम्बन्ध सुदृढिकरण र पहिला भएका समझदारी कार्यान्वयनमा केन्द्रित हुने बताउनुभयो । बैठकमा व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, बावुराम भट्टराई लगायतको उपस्थिति थियो ।

यसैबीच सो क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले १९५० को सन्धिलाई पुनरावलोकनसँगै १० बुँदे ज्ञापनपत्र सहित सुझाव प्रधानमन्त्री दाहाललाई बुझाउनु भएको थियो ।

लिखित सुझाव दिदै नयाँ हशत्ति नोपलका संयोजक समेत रहेका भट्टराईले नरम ऋण लिएरै काठमाडौ – निजगढ फाष्ट ट्रयाक् लगायतका परियोजना आफंै बनाउनुपर्ने बताउनुभएको छ ।

भट्टराईले लिपुलेक लगायतका सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रयास गर्न, नेपाल भारत बीच भएका सन्धि सम्झौता पुनरावलोकन गर्न गठित प्रबुद्ध समुहको प्रभावकारीता बारे छलफल गर्न तथा भारत र चीन बीच हुने व्यापारमा नेपाललाई ट्रन्जिटका रुपमा प्रयोग गर्न त्रीपक्षिय सम्बन्ध स्थापनाको सझाव समेत दिनुभएको छ ।

भट्टराईले विप्पा सम्झौता कार्यान्वयन गर्न तथा सीमा क्षेत्रमा भारतीय पक्षले बनाउने बाँधका कारण नेपाली भुमि डुवानमा पर्ने बिषयलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको छ ।

यस्तै नेपाली गाडीलाई भारतको रुट परमिटका लागी विराटनगरमा कार्यालय स्थापनाको काम अघि बढाउन, हुलाकी सडक छिटो सम्पन्न गर्न तथा पञ्चेस्वर लगायतका ठुला परियोजनाको काम तत्काल थाल्न जोड दिनुपर्ने सुझाव पनि भट्टराईको पत्रमा उल्लेख छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter