प्रमको भ्रमण पुराना सन्धी सम्झौतालाई अघि बढाउन केन्द्रित हुन्छः महत

काठमाडौ २८ भदौ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण पुराना सन्धी सम्झौतालाई अघि बढाउन केन्द्रित हुने बताउनु भएको छ ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्कनुभएका डा महतले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीको भ्रमण कुनै नयाँ सन्धी सम्झौता गर्ने भन्दा पनि पुराना सन्धी सम्झौताका कार्यान्वयनमा केन्द्रित हुने बताउनु भएको हो ।

आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका एजेण्डाका बिषयमा भारतीय पक्षसँग बिस्तृत छलफल भएको जनाउदै उहाले प्रधानमन्त्री दाहालको भ्रमणले दुई देशबीच देखिएको असमझदारी हट्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री महतले भारत नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउँदै विकास निर्माण तथा अन्य क्षेत्रमा लगानी गर्न उत्साहित रहेको दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोनजा अघि बढाउने, हुलाकी निर्माणको दोश्रो चरण सुरु गर्ने र उर्जा ब्यापार सम्झौता अर्थात पिटिए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति हुने महतले जानकारी गराउनु भयो ।

यस्तै उहाले भारतलाई कञ्चनपुरको चाँदनी दोधरामा कैलालीमा गरेर थप दुई नाका खोल्न प्रस्ताव गरेको र त्यसमा भारत सकरात्मक रहेको पनि बताउनु भयो ।

परराष्ट्रमन्त्री महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउन सकारात्मक रहेको पाएको भन्दै आगामी नोभेम्बरको पहिला साता उनी नेपाल आउने सम्भावना रहेको पनि बताउनु भएको छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...