इन्द्रजात्राको लिङ्गो यसरी ढल्यो

काठमाडौ २८ भदौ । यसवर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको छ । बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वज सहितको ३२ हाते लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।

प्रत्येक वर्ष राजधानीको हनुमान ढोकामा विधिवत रुपमा लिङ्गो ठड्याएपछि इन्द्रजात्राको विधिवत् सुरुवात हुन्छ ।

इन्द्रजात्रा सम्बन्धी मजिपाः लाखे, हल्चोकका श्वेत भैरब, किलागलका हात्तीरुपी पुलुकिसी लगायतका देवीदेवताका नाच गरिनेछ । इन्द्रजात्रा सुरु भएको प्रतिक स्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्र लगायतका ठाँउमा पनि स–साना लिंगो ठड्याउने गरिन्छ ।

यस्तै, सातदिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन, आज काठमाडौंका बासिन्दाले आफ्ना दिवगंत भएका आफन्तको संझनामा ३ सय ६५ वटा दीप बालेर अप्पा कु मनाउँदैछन् ।

काठमाडौंको ज्याठा, कमलाछि असन, भोटाहिटी, नयाँसडक, गणबहाल, लगन, कोहिटी, मरु, कंकेश्वरी लगायतका ठाँउमा रहेका तीन सय भन्दा धेरै देवदेवी, चैत्यमा दीप बालेर अप्पा कु मनाउने गरिन्छ ।

यसैविच इन्द्र जात्राका अवसरमा हनुमानढोकामा इन्द्रध्वज सहितको लिंगो ठड्याउने क्रममा सन्तुलन बिग्रिएर ढल्दा दुई जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली सेनाका हवल्दार ४५ वर्षीय भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकको डाँछी गाविस–८ का ४५ वर्षीय पुष्प लामा रहेका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार