प्रचण्डको दोस्रो अध्याय र भारत भ्रमण

शिव डुम्रे ,बुुटवल

विश्वमा कम्युनिष्ट आन्दोलन शसक्त ढंगले उठ्न नसकिरहेको बेलामा नेपालमा जनयुद्ध सुरु भयो । जनयुद्धमा नेपालमा माओवादीले प्राप्त गरेको सफलताले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग पैदामात्रै गरेन विश्वमै नेपालको माओवादी विश्वकै आर्दश बन्ने सन्देश समेत प्रवाह ग¥यो । पछिल्लो पटक कम्युनिष्टहरुको जित र जयजयकार बनेको माओको गृह चीनको छिमेकी देश नेपालमा पनि एकपटक कम्युनिष्टको झण्डा फरफराउँदा अमेरिकी साम्राज्यमा हलचल हुनेसम्मको अवस्था आयो ।

नेपालमा झण्डै १० बर्षसम्म सफलतापूर्वक सम्पन्न जनयुद्ध र यसको कमाण्डर बनेका प्रचण्डलाई माओवादीले यतिसम्म बनायो कि पाँच टाउँको अर्थात फाइभ हेड्स (माक्र्स, एंगेल्स, लेलिन, स्टालिन र माओ ) को पछाडीपट्टी प्रचण्डकै फोटो टास्नेसम्मको स्थिती बन्यो । यति गरिरहँदा विश्वमा हटाउँदै र लुक्दै गएको कम्युनिष्टको नाम नेपालमा बेमिशाल सतिशाल बनेर उभिदा धेरैका खुट्टा कापेका थिए । काठमाडौंको रत्नपार्कमा एउटा झण्डा उठाएर प्रचण्डको हुँकार गर्दा विदेशी च्यानलमा न्यूज बन्थ्यो तर समय सधै एकैनाश कहा हुने रहेछ र !
जसरी १० बर्षमा नेपालको राजनीति परिवर्तन भयो त्यसैगरी नै केही महिनामै नेपालको माओवादी पनी परिवर्तित भए । १० बर्षसम्म गरेको बलिदानीलाई सम्मान गर्दै नेपाली जनताले विश्वमै कुनै शक्तिले नसोचेको संसदीय चुनावमा आतंंककारीको विल्ला भिरेको पार्टी नै प्रमुख बनेर आयो । २०६५ सालसम्म आईपूग्दा प्रचण्ड गणतन्त्रात्मक देशको पहिलो प्रमुख कार्यकारी बने ।

   कहिले काहीँ गोप्य प्रशिक्षणमा उनले भन्ने गर्थे प्रधानमन्त्री अन्तिम लक्ष्य होईन अन्तिम लक्ष्य त सत्ता कब्जा नै हो र त्यो प्रक्रिया अब अन्तिम चरणमा छ, तर उनको बोली र अवस्था फरक प¥यो । उनी यस्ता झिना मसिना काममा अल्झिए कि उनलाई सत्ता भनेको कहाँ प्रयोग हुने चिज हो भन्ने नै थाहा भएन, केही माओवादी घटकले पटकपटक संसदीय चुनावमा नजाउँ भन्दा उनले नै जबरजस्ती गरी जनताको मत जितेर सत्ता कब्जा ग¥र्याे भने त्यो सधैं टिक्छ भन्ने अवैज्ञानिक रणनीति थियो संसदीय चुनाव, जब चुनावमा पार्टी पहिलो बन्यो त्यसपछि त उनले अब सत्ता कब्जा भयो है भन्नसम्म पनि भ्याए । समयले माओवादीलाई माओवादी बनाईराखेन, संसदीय राजनीतिमा प्रवेश गर्दा एमालेको बाउँ बन्यो माओवादी, सत्ताबाट चिप्लीदाँ एमालेकै भाई बन्यो माओवादी, दोस्रो चुनावसम्म आउँदा एमालेको छोरो बनेको माओवादीले संविधाननिर्माण पछी ओली सरकार गठनको क्रममा अप्राकृतिक विवाह ग¥योे एमालेसँग र अहिले डिभोर्स गरेको छ, अझ कुन दिन एमाले नै बन्ने हो त्यो भने अनपेक्षित प्रतिक्षा गर्न सकिन्छ ।
माओवादी एउटाबाट आधा दर्जनभन्दा धेरै भए, सिद्धान्त एउटा बाट धेरै जन्मिए, कुरा एउटा गरियो परिणाम अर्कै आयो, सारा जनताको जनजीविका परिवर्तन गर्ने सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने नेपाललाई स्वाधिन र स्वाभिमानी देश निर्माण गर्ने कर्णाली र मेचीलाई एउटै अधिकार दिने, काठमाडौं र जाजरकोटलाई उस्तै शक्तिशाली बनाउने, बहुजातीलाई एउटै जाती बनाउने, सबैको धर्म एउटै हुने, सामाजिक विकृतीलाई पाखाँ लगाउने र नयाँ जनवादी सत्ता स्थापना गर्ने जुन महान लक्ष्य बोकेर माओवादी माओवादी बनेको थियो त्यो पूरा नभईसकेपछी कति माओवादी असन्तुष्ट व्यक्त गर्नै फुटे । कति माओवादीले वाकी कार्यभार समाल्न फुटे ।

  कति माओवादीले भाग नपाएर फुटे । कित्ता कित्तामा पार्टी फुटे जनतामा निराश पैदा भयो, नेपाली राजनीति संसदीय भासमा यति नराम्रोसँग भासीयो कि त्यसबाट माथि उठेर देश विकास र जनताको जीवन परिवर्तनको सपना केवल कटुसपना मात्र बन्न पुग्यो ।
अब जनतामा आशाको त्यान्द्रो माओवादीले पनि कुनै  माखो मारेन, उहि कांग्रेस बन्यो, उही एमाले बन्यो उस्तै राप्रपा बन्यो उस्तै संसदमा जाने उही सत्ता प्राप्त गर्ने आफ्नो स्वार्थ पूरा गर्ने बाहेक अरु केही बनेन्, नेपाली राजनीतिक बाटो र दिशा परिवर्तन गर्नको लागी जर्याकजुरुक उठेको माओवादी पल्यातपुलुत थच्चियो संसदीय राजनीतिमा ।

   पहिलो संविधानसभाको चुनावबाट संविधान निर्माण हुन सकेन, दोस्रो चुनावमा जाँदा माओावादी नेताहरुले पनि पैसा बाड्न लागे, लालायती गराउन लागे जनतालाई हिजोका कंगाल नेता एकाएक करोडौं खर्च गरेर चुनावमा जान सक्ने हैसियतका भए तब जनता निराश बने जब हिजो त्यही चुनावी प्रक्रिया गलत छ, यो किनबेचको खेल हो भन्ने नेताहरु नै जब उनीहरुलाई पैसामा किन्न तौलिदैं गाउँगाउँ हिने, हेलिकप्टर चार्टर गरेर जनताको भोट आउँने भए प्रचण्डले माओवादी कहिल्यै हार्दैन भनिरँहदा, दोस्रो संविधानसभाको चुनावमा प्रचण्डले यति नराम्रो हार बेहोरे कि पुरै पार्टी २६ सिटमा सिमित भयो । अब चेत आयो माओवादीमा माथी पुग्न जति सजिलो छ भने त्यहाँबाट लड्दा त्यती नै गहिरो चोट लाग्छ, भन्ने प्रमाणीत गराईदियो दोस्रो चुनावले ।
विश्वसामु लाज ढाक्नको लागी भुकम्पको बाहाना बनाएर एक थान संविधान बनाएर विश्वमै कसैले नगरेको चमत्कार गरेजसरी कुम हल्लाएका नेताहरुको एकता संविधान निर्माण पछी भने प्रष्ट देखियो । मधेशमा चलेको आन्दोलनले झण्डै ५ दर्जन सहिद थप्यो देशमा अनी आन्दोलनले करोडौंको क्षती गरायो, मधेस पुरै रुष्ट बन्यो, भारतले यही मौका छोपेर नाकाबन्दी ग¥यो संविधान निर्माणपछी नेपालमा भुकम्पमा भन्दा धेरैको धन क्षती भएको आकँलन गरिन्छ ।

  पहिलो पटक केपी ओली प्रधानमन्त्री बन्न १६ बुँदे सहमति गरे, पछि सरकार टिकाउन ९ बुँदे र सच्चिनको लागी ३ बुँदे यस्ता सहमतिहरु संसदीय राजनीतिमा दैनिक हुन्छन् किनकी संसदीय राजनीतिमा किनबेच हुन्छ, मोलतोल हुन्छ, सत्ता बाडफाँड हुन्छ, राजनीतिक स्वार्थ हुन्छ भन्ने कुरा १८ औं शताब्दीमा हिटरले जर्मनीको संसदलाई आफ्नो पुस्तक ‘मेरो संघर्ष’ मा उतारेको चित्रबाट पनि प्रष्ट हुन्छ । एमालेसंँग विवाह गरेको ९ महिनामै डिभोर्स भयो, केपी ओलीले जिन्दगीमा नगरेको अकल्पनीय लोकप्रियता कमाए त्यो पनि माओवादीलाई प्रयोग गरेरै, उनी राष्ट्रवादी कहिएय उनको कुहिएको राष्ट्रवादलाई देवत्वकरण गर्ने केही कार्यकर्ताले उनको मुर्ती बनाए उनलाई दोस्रो विपी बनाउन बाकीँ छ ।
संसदीय राजनीतिमा दोस्रो पटक बामपन्थी नेता कार्यकारी पदमा पुगेको पहिलोपटक होला सायद विश्व राजनीतिक परिवेशमा नै प्रचण्ड फेरी यो कथामा प्रमुख पात्र बनेर आए नेपाली राजनीतिको अध्याय ३ मा । सन्दर्भ उनको पहिलो विदेश भ्रमणको जोडौं, जतिबेला उनी पहिलो प्रधानमन्त्री थिए उनले नेपाली प्रधानमन्त्रीहरुको परम्परा र संस्कारमा छलाङ्ग मारेर उनले पहिलो भ्रमण चीनको गरे, उनले चिनीया फुलबारीमा रोपेको प्रचण्ड रुख नामका रुद्राक्षको विरुवा अहिले पनि फस्टाउँदो छ । त्यही कारणले पनि निहुँ खोजेको भनिएको भारतले उनलाई त्यतिबेला नै रुचाएन जतिबेला पशुपतिमा रहेका भारतीय पुजारी हटाउने दुस्साहश गरे, यतिमात्रै होईन उनको सरकार गिर्नुको कारक प्रधानसेनापति कटुवाल पनि उपयुक्त पात्र बने । अहिले त्यहि आफ्नो गिनीज रेकर्ड अफ द कन्ट्रि फस्ट पिएम को उपाधी पाएका प्रचण्डले आफ्नै रेकर्ड तोड्दै दोस्रो प्रधानमन्त्रीको कार्यकालमा पहिलो विदेश भ्रमणस्वरुप भारत जाँदै छन् ।
भारत जानुअघि उनले केही तार्किक कुराहरु राखे र सुने, जो अन्य प्रधानमन्त्रीले पनि गरेका छन्, हामी हाम्रो देशमा प्रधानमन्त्रीको भारत भ्रमणलाई यति ठुलो बनाएका छौं कि उनले विश्वमै कसैले नगरेको गर्दैछन्, बाराक ओवामा जापानको नागासाकि र हिरोसिमामा भ्रमणको लागी जाँदा अमेरिकावाट प्रकाशित न्युयोर्क टाईम्सले कर्नर न्यूजमात्रै बनाएको थियो । तर नेपालमा संस्कार कस्तो छ भने उनी विदेश जाँदा नेपाली जनताको जनजीविकामा कस्तो फरक पर्छ, नेपालको आम विषयबस्तु र विकासमा पूरै कायापलट हुनेजस्तै गरी एकहप्ता अगाडीदेखी नेपाली मिडियाहरुले प्रमुख समाचार बनाएर अब उनको आगमनको १५ दिनमा पनि यति न्युजले प्राथमिकता पाउनेछ ।

    अचम्म त यो छ कि भारतको भ्रमणलाई नेपालमा किन यति महत्वका साथ हेरिन्छ जबकी भारतीयले नेपाल आउनुलाई सामान्य कुरा ठान्छन् । हामीले अनावश्यक प्रचारबाजी गर्छाै यस्तो हुनेछ, उस्तो हुनेछ, नमच्चिने पिङ्गको सय झड्का सामान्य समकक्षीसँग भेटघाट, एक दुई सम्झौता, ऋण दिनुप¥यो, अनुदान दिनुप¥यो, नेपाल भ्रमण गरिदिनुप¥यो, नेपालको बारेमा राम्रो बोलिदिनुप¥यो लगानी बढाईदिनुप¥यो जस्ता औपचारिक कुराकानी हुन्छ अनी उनी फर्कन्छन्, त्रिभुवन विमानस्थलमा पत्रकारका क्यामेराहरु लाईन लाग्छ मानौं प्रचण्ड पहिलोपटक सार्वजनिक हुँदैछन्, उनी बोल्न भ्याएभने बोल्छन् नभ्याए उनका सचिवले पत्रकार थाम्छन्, भ्रमण निकै फलदायी रह्यो, भारतसँग केही नयाँ लगानीका बारेमा सम्झौता यो, यति अनुदान दिने भयो, भुकम्पपीडितको लागी यति सहयोग गर्नेछ अरु केही विषयबस्तु निकै महत्वपूर्ण छन्, भारतीय प्रधानमन्त्री नेपाल आउने पक्का भयो, राष्ट्रपतीको भ्रमण पनि निधो गरियो यस्तै विषयबस्तु हुनेछ अरु केही नयाँ कुरा भेटिनेछैन, यसरी नै विगत चल्यो, अहिले चल्छ र भोली पनि यही हो राजनीतिक गतिविधिमा फरक परेमा भन्न सकिएन नत्र विगत धेरै भ्रमणहरु यसरी नै चलेका छन् फगत औपचारिक मात्र ।

प्रचण्डले भ्रमणजानुअघि केही आफूले राष्ट्रघाती सम्झौता नगर्ने, स्वाभिमान बचाउँने बडो रवाफ गरे । केही बुद्धिजीविहरुले सुझाव दिए, केही आफैं बोले भ्रमण जानुअघि मधेस जान्छु भने, गए सुझाव लिएर आएको छु भने के ल्याए थाहा पाईएन भ्रमणमा जादैंछन् । भ्रमण फलदायी बनोस् शुभकामना छ । एउटा देशको प्रधानमन्त्री अर्काे देशको प्रधानमन्त्रीसँग भेटघाट र छलफलको लागी  जाँदैछ त्योभन्दा ठूलो अपेक्षा नेपाली जनताले गरेमा त्यो अपेक्षाकृत नहुन सक्छ ।

    यसैबीच पनि प्रचण्डलाई केही सुझाव दिनैपर्छ यदि साँच्दै राष्ट्रीयताको लागी भारत भ्रमण गर्नै लागेको प्रधानमन्त्री हो भने केही विषयबस्तू छन् जुन निर्णय गरेरै फर्कनुपर्नेछ । नेपाली स्वाभिमानमा आँच आउने गरी भारतसँग गरिएको असमान सन्धीहरु खारेज गर्नुस्, एमालेका राष्ट्रवादी नेता ओलीले सहिछाप गरेर बेचेको महाकाली नदिको सन्धी खारेज गर्नुस्, माथिल्लो कर्णाली परियोजना भारतीय हितमा र नेपालीको अहितमा छ यो अनिवार्य खारेज गरेर जिएमआर कम्पनीलाई नेपालबाट फिर्ता पठाईयोस् भनी ठाडो शिर बनाएर कुरा राख्नुुस्, नेपाली जनतामाथी लादिएको विस्तारवाद अन्त्यको लागी एउटा नयाँ कार्ययोजना गर्नुस्, फास्ट ट्रयाक्ट निर्माण नेपाललेनै गर्न सक्ने जानकारी गराईदिनुस्, र यो पनि भनिदिनुस् तपाईका समकक्षीलाई नेपालको राष्ट्रिय सम्पत्तिको र हितका विषयमा तपाईहरु भाग नखोज्नुस्, यो हाम्रो आन्तरिक कुरा हो हामी गर्न सक्षम छौं भन्नुस् ।

कुनै पनि नदी नाला र मधेसको भूभागमा आँखा गाड्ने भारतीय रअ र एसएसबीका मित्रहरुलाई सम्झाउन पठाउनुस् नत्र नेपाली चेलीलाई बलात्कार गर्ने भारतीय नागरीकलाई नेपालीले दण्ड दिन जानेका छन् भन्नुस्, अनी भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा बनाएका बाँधहरु बाकेको लक्ष्मणपुर ब्यारेज, कपिलवस्तुको महलीसागर बाँध, रुपन्देहीको रसियावल खुर्दलोटन जोतीबोध र डन्डाफेरना तटबन्ध, कन्चनपुरको टनकपुर ब्यारेज र शारदा ब्यारेज, कैलाली र बर्दियाको कैलाशपुरी ब्यारेज, दाङ्गको कोईलाबास बाँध, नवलपरासीको गण्डक ब्यारेज, रौतहटका लालबकैया, चक्र र बागमति तटबन्ध, धनुषा र सिराहका कमला तटबन्ध, सिरहा तटबन्ध, सप्तरीको खाँडो, कुनौली र कोशी व्यारेज, मोरङ्गको लुना व्यारेज, डडेलधुराको पूर्णागिरी ब्यारेज, बैतडीको पञ्चेश्वर ब्यारेज (परियोजना) र सुनसरीको कोशी उच्चबाँध ब्योरेज लगायत नेपालमा मिचिएका ७१ स्थानका सिमाका बारेमा कुरा उठाउनुस् ।

विभिन्न निहुँमा मिचिएका ६०, ६६२ हेक्टर अर्थात ६०६.२ वर्ग किमि जग्गा जुन क्षेत्रफल माल्दिभ्सको भन्दा दुईगुणा बढि हुन्छ ति क्षेत्रहरु अनुगमन गर्ने र मिचिएको क्षेत्र फर्काउने सम्झौता गरेर आउनुस्, दार्चुला जिल्लाको व्यास गाविसको १ र २ वडा कालापानी र लिम्पियाधुरादेखी नवलपरासीको सुस्ता गाविसको वडा १ देखी ४ तथा ६ देखी ९ सम्म गरी १४ हजार ५ सय हेक्टर अतिक्रमित जग्गा तुरुन्त नफर्काए नेपाली जनताको आक्रोश थाम्न नसक्ने समेत बताईदिनुस् । नेपालका भुकम्पपीडितको लागी केही अनुदान, नेपालको हितमा हुने गरी लगानी बढाउने र स्वरोजगार नेपालीले नै पाउने गरी नेपालको सम्पत्ति उनीहरुको हातमा नबुझाउने गरी सम्झौता गर्नुस् यसमा तपाई नेता भएको हैसियतले नेपाली जनताले अधिकार दिनेछन् ।

   तर याद गर्नुस् तपाईले भारतमा गएर लम्पसार परेर नेपाली जनताको स्वाभिमानलाई गिराउने र कुनै पनि राष्ट्रिय हितको पक्षमा नभएको सन्धी सम्झौता गर्नुभो भने ईतिहासमा जनताले यसको उत्तर दिनेनै छन्, तपाईले भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा व्याख्या गर्नुभएको रहेछ यदि यो चुनौतीपूर्ण अवसरलाई उपयोग गरेर राष्ट्राघाती कदम चालेको कुरा भित्री बाटोबाट थाहा भयो भने कमरेड प्रचण्ड उर्फ प्रधानमन्त्रीज्यू यति कुरा बुझ्नु कि जनता शक्तिशाली हुन्छन् तपाईजस्ता राष्ट्रवादीले नथामेको दुख र पीडा जनताले थामेका छन् भने ढुंगाको जवाफ ईट्टाले दिन नेपाली जनता तयार छन्, एउटा नेपाली नागरिकको हैसियतले देशको प्रधानमन्त्री छिमेकी देशको समकक्षीसँग भेटवार्तामा जादाँ र राजकीय भ्रमणमा जाँदा त्यति धेरै अपेक्षा नगर्ने जनता बनेर भ्रमण सफलताको कामना ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...