मनसुन आज पनि जारी रहने

काठमान्डौ भदौ २८ ।
आइतबारदेखि सुरु भएको बर्षा अझै केहीदिन जारी रहने मौसम विदहरुले बताएका छन् ।

मनसुन सकिनै लागेका बेला देशभरि सुरु भएको झरी अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारतको पश्चिम बंगाल र बिहारमा केन्द्रित भएको न्यूनचापीय क्षेत्र नेपाल नजिक रहेकोले धेरै जल वाष्प नेपालतर्फ आई देशैभरी वर्षा भएको मौसम विभागले जनाएको छ ।
आज पश्चिम नेपालमा भारी बर्षा हुने मौसमविद्हरुले बताएका छन् । आज सम्म वर्षा हुने क्रम जारी रहने र भोली देखि भने मौसममा केही सुधार आउने अनुमान महाशाखाको छ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया