आज बकर इद पर्व मनाइदै

काठमान्डौ भदौ २८ ।
इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इद ऊल जोहा पर्व आज मनाइँदै छ । बकर ईदमा आज मुस्लिमहरुले बिहान मस्जिदमा जम्मा भई एकै साथ नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्दछन् ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेश अनुसार बलि दिन जंगलमा लगेपछि छोरालाई बलि चढाउंन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

इदका अवसरमा इस्लाम धर्मावलम्बीले कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने प्रचलन छ ।

तीन दिनसम्म मनाइने बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसैविच बकर इद पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीको सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter