प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै


काठमाडौ २८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवासमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले पर्सीदेखि सुरु हुने आफ्नो भारत भ्रमणका विषयमा छलफल गर्नुहुनेछ ।

बैठकमा प्रधानमन्त्री दाहालले नेपालका तर्फबाट उठाइने एजेन्डाका विषयमा दलहरुलाई जानकारी गराउनु हुने उहाँको सचिवालयले जनाएको छ । छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको छ ।

औपचारिक रुपमा विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने प्रचलन छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले आसन्न भारत भ्रमणमा उठाइने एजेन्डाबारे दलहरुलाई जानकारी नगराएको भन्दै आलोचना गरेको थियो ।

उसले राष्ट्रिय हित विपरित हुने गरी कुनैपनि सम्झौता नगर्न माग गर्दै प्रधानमन्त्री दाहाललाई ६ बुँदे ज्ञापन पत्र समेत बुझाइसकेको छ । मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएको करिब एक महिनापछि उहाँ औपचारिक भ्रमणका लागि पर्सी भारत जाने कार्यक्रम रहेको छ ।

मङ्ल, भदौ २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया