परराष्ट्र मन्त्री डा.महत र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता


काठमाडौं, भदौ २७ ।
तीन दिने भ्रमणका क्रममा भारतमा रहनु भएका परराष्ट्रमन्त्री प्रकाशरण महतले आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा महतले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको तयारीका बारेमा स्वराजलाई जानकारी गराउनु भएको छ ।

यस्तै उहाहरुबीच यसअघि भएका सहमति कार्यन्वयन तथा दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको थियो ।भेटपछि भारतीय बिदेश मन्त्रलयका प्रबत्ता विकास स्वरुपले प्रधानमन्त्री दाहालको महत्वपूर्ण भारत भ्रमणको आधार तयार भएको छोटो प्रतिक्रिया दिनुभएको छ ।

यद्यपी नेपाली पक्षले भने भेटक्रममा भएको छलफल बारे कुनै जानकारी नगराएको त्यहाँबाट हाम्रा सहकर्मी कमलदेव भट्टराईले बताउनुभयो ।  यसअघि मन्त्री महतले आज बिहान भाजपा नेता भगतसिंह कोसियारी, राष्ट्रिय कांग्रेस पार्टीका डीपी त्रिपाठी, जनता दल युनाइटेडका सचिव केसी त्यागी, सोसलिष्ट फण्टका नेता विजय प्रताप लगायतसँग भेटवार्ता गर्नुभएको छ ।

उहाले आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँ भोली स्वदेश फर्किने कार्यक्रम छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया